FAQs Complain Problems

गाउँसभाको १५औँ अधिवेशन सुरु

२०८० पुष २२ गते आइतबार ।

रैनादेवी छहरा गाउँपालिकाको गाउँसभाको १५ औँ अधिवेशन गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले आह्वान गरे बमोजिम आजबाट सुरु भएको छ । सामान्यतया हिउँदको समयमा गरिने अधिवेशनलाई हिउँदे अधिवेशन पनि भन्ने गरिन्छ र यो अधिवेशनको मुख्य कार्यसूची स्थानीय सरकारलाई आवश्यक पर्ने कानूनहरू पारित गर्ने रहेकोले विधेयक अधिवेशन पनि भनिन्छ । यस अधिवेशनमा सभाका विभिन्न समितिहरूको वार्षिक प्रतिवेदनहरू पेश र आवश्यक छलफल हुने गर्दछ ।

अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले उपाध्यक्ष श्री युवराज थापा, प्रवक्ता श्री देवेन्द्र पुन, प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद तिमिल्सिना तथा गाउँसभा सदस्यहरूको समुपस्थितिमा १५ औँ अधिवेशनको समुद्घाटन गर्नभएको थियो । सभामा गाउँसभाका विभिन्न समिति तथा विषयगत समितिका वार्षिक प्रतिवेदनहरू सम्बन्धित समितिका संयोजकहरूले पेश गर्नुभएको थियो ।

१) न्यायिक समितिको प्रतिवेदन: संयोजक श्री युवराज थापा

२) राजस्व परामर्श समितिको प्रतिवेदन: संयोजक श्री युवराज थापा

३) सार्वजनिक लेखा समितिको प्रतिवेदन: संयोजक श्री विर बहादुर पोखरेल

४) सुशासन तथा संस्थागत क्षमता विकास समिति: संयोजक श्री सोम बहादुर दर्लामी

५) आर्थिक विकास समितिको प्रतिवेदन: संयोजक श्री प्रदिप पौडेल

६) सामाजिक विकास समिति: संयोजक श्री हुमान सिंह कार्की

७) पूर्वाधार विकास समितिको संयोजक: संयोजक श्री लक्ष्मण हिताङ

८) वन वातावरण तथा विपद् व्यवस्थापन समिति: संयोजक श्री महेश बराल

गाउँसभा छलफलका लागि दर्ता भएका कानूनहरू:

१) दलित सशक्तीकरण तथा विकास गर्ने सम्बन्धमा बनेको विधेयक

२) निजी वन विकास तथा व्यवस्थापन कार्यविधि

३) कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका

४) विद्यालय नर्स कार्यक्रम सञ्चालन निर्देशिका

५) सार्वजनिक जग्गामा वन विकास तथा व्यवस्थापन कार्यविधि

अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले गाउँसभाको दोस्रो बैठक भोली बिहान ११:०० बजेको लागि आह्वान गर्नुभएको छ ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।