FAQs Complain Problems

चौथो अध्यक्ष कप प्रतियोगिता समापन

२०८० चैत्र ०८ गते, बिहीवार ।

रैनादेवी छहरा गाउँपालिकाको आयोजना तथा युवा तथा खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भएको चौथो रैनादेवी छहरा अध्यक्ष कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता बिहीवार समापन भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख माननीय श्री तुलाराम घर्ती मगर हुनुहुन्थ्यो भने कार्यक्रम गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, उपाध्यक्ष युवराज थापा, प्रवक्ता देवेन्द्र पुन, वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यरूको उपस्थितिमा सञ्चालन भएको थियो । कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

प्रतियोगितामा रामपुर नगरपालिकाले प्रथम स्थान हासिल गर्दै नगद रु ७५,०००, रम्भा गाउँपालिकाले द्वितीय स्थान हासिल गर्दै नगद रु ४५,०००, पूर्वखोला गाउँपालिकाले तेस्रो स्थान हासिल गर्दै रु ३०,००० र रैनादेवी छहरा गाउँपालिकाले सान्त्वना स्वरुप रु १५,००० पुरस्कार र मेडल, ट्रफी हात पार्न सफल भएका छन् ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।