FAQs Complain Problems

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

२०८०/१०/१५ गते

रैनादेवी छहरा गाउँपालिकामा सञ्चालन भएको गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली माध्यमिक विद्यालय, मेहलढापले हासिल गरेको छ । १३ बिधाका खेल मध्ये राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, सट पुट लगायतका खेलमा महाकाली मा.वि.ले ५ स्वर्ण, ५ रजत र ७ कांस्य सहित १७ पदकका साथ रनिङ शिल्ड हात पार्न सफल भएको हो । प्रतियोगितामा ५ स्वर्ण र ३ कांस्य सहित ८ पदकका साथ गंगा मा.वि. तान्सिङ्गल द्वीतिय भएको छ । गौरादेवी मा.वि. चहलाले ४ स्वर्ण, ३ रजत र २ कांस्य पदक सहित तृतीय स्थान हासिल गरेको थियो ।

गाउँपालिका भित्रका १५ सामुदायिक विद्यालयका छात्र छात्राहरूले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजयी हुने विद्यार्थी र विद्यालयलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई, प्रवक्ता देवेन्द्र पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ८ गते उद्घाटन भएर १५ गते समापन भएको थियो ।

सञ्चालन शिक्षा अधिकृत निशा पाण्डे, शिक्षा शाखाका प्रा.स. राजाराम भाट र महाकाली माविका शिक्षक चन्द्रमणी पौडेलले गर्नुभएको थियो । कार्यक्रम युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।