FAQs Complain Problems

गाउँपालिकाको मोबाइल एप सञ्चालन

गाउँपालिकाले "रैनादेवी छहरा" नामको आफ्नो मोबाइल एप्लिकेशनको सुरुवात गरेको छ । यो एप्लिकेशन एन्ड्रोइड प्ल्याटफर्ममा आधारित छ । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले "रैनादेवी छहरा" एप्लिकेशनको शुभारम्भ गर्नुभएको थियो । गाउँपालिकाका सम्पूर्ण सूचना, जानकारीहरू, जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण यसै एप मार्फत प्राप्त गर्न सकिनेछ । यस एपलाई आगामी दिनहरूमा गाउँपालिकाबाट प्रदान गरिने सेवाहरूलाई सूचना प्रविधि मैत्री बनाई अनलाइन माध्यमबाट सेवा प्रवाह हुने गरी विस्तार गरिनेछ । यो एप एक हप्तापछि गुगल प्ले स्टोरमा उपलब्ध हुनेछ ।

यस एपबाट तत्काल प्राप्त हुने सेवाहरू:

१) गाउँपालिका तथा वडाका सम्पूर्ण सूचना, जानकारी प्राप्त गर्न सकिने ।

२) अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूलाई प्रत्यक्ष रूपमा सुझाव र गुनासो राख्न सकिने ।

३) आपतकालीन सेवाहरू जस्तै प्रहरी, एम्बुलेन्स सम्बन्धी जानकारी तथा सम्पर्क समावेश गरिएको ।

४) गाउँपालिकाले निर्माण गरेका कानुनहरू तथा प्रकाशन गरिएका प्रतिवेदनहरू प्राप्त गर्न सकिने ।

५) गाउँपालिकाको नागरिक वडापत्र तथा सेवाहरूको विवरण प्राप्त गर्न सकिने ।

६) गाउँपालिकाका विद्यालय तथा स्वास्थ्य चौकीहरू सम्बन्धी जानकारी प्राप्त गर्न सकिने ।

यस सँगै गाउँपालिकाको प्रवेशद्वारमा क्विक रेस्पोन्स (QR) कोडको राखि सेवाग्राहीहरूलाई कार्यालयका शाखाहरूको विवरण (कोठा नं, प्रदान गरिने सेवा, कर्मचारीहरूको विवरण आदि ) प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

एपको लिङ्क : http://bit.ly/4dvzHLW

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।