FAQs Complain Problems

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२०८०/०२/१७ गते
रैनादेवी छहरा गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, पाल्पा जिल्ला शाखाको सहयोगमा "रक्तदान जीवनदान" शिर्षकमा माध्यमिक तह (११-१२ कक्षा) स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारुको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी, पाल्पा जिल्ला शाखाकी सदस्य श्री शारदा के.सि. रायमाझीको आतिथ्यतामा सञ्चालन भएको थियो। जोगवाणी मा.वि.का प्र.अ. श्री कर्ण बहादुर कुमाल र महाकाली मा.वि.का शिक्षक श्री विष्णु कोइरालाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

प्रतियोगितामा श्री भैरव नवदीप मा.वि.की सीमा खत्री पौडेलले प्रथम तथा श्री वेदवेदाङ्ग संस्कृत तथा साधारण मा.वि.की विनिता बुढाथोकीले द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ र यस गाउँपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुनुहुनेछ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।