समाचार
मनोरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन
२०८० वैशाख २४ गते ।
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा "हाम्रो स्वास्थ्य, हाम्रो अभियान" अन्तर्गत मानसिक रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्कीले गाउँपालिकाका कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, विद्यालयका शिक्षकहरू तथा स्वास्थ्य कर्मीहरूलाई मनोरोग सम्बन्धी अभिमुखीकरण प्रदान गर्नुभएको थियो ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।