FAQs Complain Problems

उपभोक्ता समितिले भुक्तानीको लागि फाईल पेशगर्दा के के पेश गर्नुपर्नेछ ?

उपभोक्ता समितिले भुक्तानीको लागि फाईल पेशगर्दा तपशिल वमोजिम कागजातहरु क्रमश मिलाई पेश गर्नुपर्नेछ :-

  • उपभोक्ता समिति गठन भएको भेलाको फोटोकपी, सम्झौता गर्न जाने व्यहोराको निर्णयको फोटोकपी,
  • आयोजना /कार्यक्रमको सक्कलै लागत अनुमान
  • सम्झौता फाराम उपभोक्ता समितिका विभिन्न विल,भरपाई ,डोर हाजिरी फाराममा उ.स.को छाप र उ.स.का अध्यक्षको दस्तखत भएको हुनुपर्ने,
  • डोर हाजिरीको हकमा प्राविधिक कर्मचारीको पनि दस्तखत भएको हुनुपर्ने,
  • सार्वजनिक सुनुवाइ गरेको माइन्यूटको फोटोकपी र विभिन्न माईन्यूटका फोटोकपीहरु  क्रम मिलाएर राख्नुपर्ने ।
  • रु ५ लाख भन्दा बढी रकमको आयोजनाको हकमा होडिङ्ग वोर्ड राख्नुपर्ने तथा सो बोर्ड राखेको फोटो संग्लन गर्नुपर्ने ,
  • आयोजना संचालन गर्दा आयोजना शुरु हुनुपूर्व ,काम भइरहेको अबस्था र काम सम्पन्न भएको स्पष्ट खुल्ने कम्तिमा 5 प्रति फोटो,उ.स.को छाप र उ.स.का  अध्यक्षको दस्तखत भएको हुनुपर्ने ,
  • अनुगमन समितिले अनुगमन गरेको बैठक निर्णय र भुक्तानीको लागि गाउँपालिकामा सिफारिस गरेको पत्र
  • प्राविधिक विल ,मूल्याकंन ,कार्य सम्पन्न प्रतिवेदन , नापी किताव समेत संग्लन गर्नुपर्ने,
  • गाउँपालिकालाई रकम भुक्तानी दिनु भन्ने व्यहोराको वडा कार्यालयको सिफारिस पत्र,
  • उ.स.ले वैठक बसी रकम माग गर्ने सम्बन्धमा गरेको निर्णयको प्रतिलिपि र सो सम्बन्धी अध्यक्षको दस्तखत भएको सक्कलै निवेदन ,
  • सवारी साधन प्रयोग गरेको अबस्थामा व्लुवुक  र लाइसन्सको प्रतिलिपी,
  • डोजरको विलमा डोजर नम्वर ,पावर,घण्टा, दर तथा डोजर प्रयोग गर्दा काम शुरु हुनुपूर्व र काम सम्पन्न हुँदाको डिस्पेले वोर्डको फोटो संग्लन गर्नुपर्ने,
  • डोजर संचालनको हकमा डोजर संचालकले करचुक्ताको  प्रमाण पत्र र गा.पा.मा दर्ता गरेको प्रमाण पत्र पेश गर्नुपर्ने,
  • स्थानीय तहको उपभोक्ता समिति गठन , परिचालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि ,2074 मा उल्लेख भएको अनुसूची 3, 5 र 6 पूर्ण रुपमा भरेको हुनुपर्ने ।

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।