समाचार
रैनादेवी छहरा गाउँपालिकाका बाँझो जग्गा उपभोग गरेबापत कृषकहरुलाई नगद अनुदान वितरण
रैनादेवी छहरा गाउँपालिकाले बाँझो जग्गा उपभोग गरेबापत कृषकहरुलाई नगद अनुदान वितरण गरेको छ। सो कार्यको लागि निवेदन संकलन गरेर कृषि प्राविधिकहरुको अनुगमनका आधारमा अन्न बाली खेति तर्फ ८० जना र फलफुल खेति तर्फ ३४ जना गरी जम्मा ११४ जना कृषकहरु छनौटमा परेका थिए। अन्न बाली खेति गर्ने कृषकहरुलाई रु.३,०००/- प्रति रोपनीका दरले रु.१२,६६,०००/- र फलफुल खेति गर्ने कृषकहरुलाई रु.२,०००/- प्रति रोपनीका दरले रु.१,६८,०००/- गरी जम्मा रु.१४,३४,८००/- वितरण गरिएको छ।फलफुल खेति गर्ने कृषकहरुलाई असार मसान्तसम्म पूर्ण भुक्तानी हुनेगरि अहिले कूल अनुदानको ४०% मात्र अनुदान दिईएको छ भने अन्न बालि खेति गर्ने कृषकहरुलाई पूर्ण अनुदान प्रदान गरिएको छ। बाँझो रहेको ६३३ रोपनी खेति योग्य जमिन मध्ये ४२२ रोपनी अन्न बालि र २११ रोपनी फलफुल खेतीमा सदुपयोग गरी तरकारी, फलफुल र खाद्दान्न उत्पादन कार्य भईरहेको छ।
यस कार्यक्रम अन्तर्गत अनुदान पाउने कृषकहरुलाई गाउँपालिकाका अध्यक्ष श्री राम बहादुर कार्की, उपाध्यक्ष श्री चेत कुमारी थापाले अनुदान वितरण गर्नुभएको थियो। सम्बन्धित वडाध्यक्षहरु, कृषि शाखा प्रमुख श्री सुनिता पोखरेल लगायत अन्य कर्मचारीहरुको पनि उपस्थितिमा हरेक वडामा कार्यक्रम संचालन गरि अनुदान वितरण गरिएको थियो।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।