FAQs Complain Problems

पूर्व प्राथमिक तहका सहजकर्ताहरूलाई २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

२०८०/०२/०५ गते

रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा मुख्यन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पूर्व प्राथमिक तहमा अध्यापनरत सहजकर्ताहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु, सामाजिक विकास समितिका संयोजक श्री हुमान सिंह कार्की, आर्थिक विकास समितिका संयोजक श्री प्रदिप पौडेल, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम समिति सदस्यहरू श्री शारदा के.सि. रायमाझी र श्री पदम सोमैको आतिथ्यता र शिक्षा अधिकृत श्री निशा पाण्डे, प्रा.स. श्री राजाराम भाट लगायतको उपस्थितिमा समापन कार्यक्रम सञ्चालन भएको थियो।

समापन कार्यक्रममा अध्यक्ष रुक्माङ्गत भट्टराईले प्रशिक्षक प्रमिता पाण्डे र राजकुमार घिमिरेलाई प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो। साथै सहभागी सहजकर्ताहरू मार्फत विद्यालयहरूलाई सिकाई सामग्री तथा प्रमाण पत्र प्रदान गरिएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।