FAQs Complain Problems

महिला जनप्रतिनिधिहरुको लागि ५ दिने उद्घोषण तालिम सम्पन्न ।

रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा गाउँपालिकाका महिला जनप्रतिनिधिहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ संचालन गरिएको उद्घोषण तालिम आज मिति २०७६/११ /१ गतेका दिन  सम्पन्न भएको छ । गाउँपालिका भित्रका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको उक्त तालिमको समापन कार्यक्रममा  गाउँपलिकाकी उपाध्यक्ष श्रीमती चेत कुमारी थापाको सभापतित्व रहेको थियो भने गाउँ कार्यपालिकाका लेखा अधिकृत श्री लिलामणि बस्याल, योजना अधिकृत श्रीमती अमृता पौडेल, सूचना प्रविधि अधिकृत नारायण मल्ल, प्रशिक्षक दिपु मगर लगाएतको आतिथ्यता रहेको थियो । 

उक्त कार्यक्रमका सहभागीहरु मध्ये श्रीमती कमला थापा, श्रीमती भगवती पोखरेलले कार्यक्रममा सिकेका सीपको बारेमा बोल्नुभएको थियो भने  गाउँपलिकाकी उपाध्यक्ष श्रीमती चेत कुमारी थापा, लेखा अधिकृत श्री लिलामणि बस्याल, योजना अधिकृत श्रीमती अमृता पौडेल,  प्रशिक्षक दिपु मगर लगाएतले उक्त तालिमको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा गंगा घिमिरे र सुधा पौड्यालले सहजीकरण गर्नुभएको थियो ।

 

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।