FAQs Complain Problems

रैनादेवी मन्दिरको शिलान्याश सम्पन्न

२०८०/०१/२५ गते।

रैनादेवी छहरा गाउँपालिका, ३ नं वडाको गोखुङ्गामा रहेको रैनादेवी मन्दिरको पुन:निर्माण गर्ने क्रममा आज मन्दिरको शिलान्याश गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराई र ३ नं वडाध्यक्ष श्री प्रदिप पौडेलले गर्नुभयो। कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

ऐतिहासिक रैनादेवी मन्दिरको पुन:निर्माण गर्नको लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा बजेट बिनियोजन गरेको थियो र स्वीकृत बजेट अनुसार ठेक्का सम्झौता भई पुन:निर्माण सुरु भएको छ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।