FAQs Complain Problems

रैनादेवी मन्दिरको संरक्षण तथा संवर्द्धनका लागि कार्य सुरुवात

रैनादेवी छहरा गाउँपालिकाको नामाकरणको आधार ऐतिहासिक धार्मिक धरोहर रैनादेवी मन्दिर क्षेत्र संरक्षण र संवर्द्धनका लागि प्राविधिक नापजाँच सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, ३ नं वडाध्यक्ष प्रदीप पौडेल, इन्जिनियर किशोर खनाल, अन्य कर्मचारी र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा मन्दिरको संरक्षणको विषयमा छलफल पनि भएको छ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।