FAQs Complain Problems

वेलवासमा अस्थायी प्रहरी पोष्ट उद्घाटन

२०८०/०५/०४

रैनादेवी छहरा - ७, बेलबासमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उद्घाटन समारोहका अध्यक्ष गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराई र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रीमान् बन्धु प्रसाद बास्तोलाले प्रहरी पोस्टको समुद्घाटन गर्नुभएको थियो । समारोहमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्री हेरम्ब शर्मा, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक श्री एकराज बुर्लाकोटी, अनुसन्धान अधिकृत श्री गोपाल पन्थी, सैनामैना नगरपालिकाका १० नं वडा अध्यक्ष श्री कृष्ण प्रसाद घिमिरे, रैनादेवी छहरा गाउँपालिका ६ नं वडा अध्यक्ष श्री दोम बहादुर घर्ति, ८ नं वडा अध्यक्ष श्री रेम बहादुर राना, कार्यपालिका सदस्य श्री सुकमाया वि. क., श्री कविता खनाल, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुख/प्रतिनिधिहरूको अतिथिको रुपमा उपस्थित रहेको थियो।

गाउँपालिका का प्रवक्ता तथा ७ नं वडा अध्यक्ष श्री देवेन्द्र पुनले स्वागत मन्तव्य दिनुभएको थियो, कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारुले गर्नुभएको थियो । बेलबास स्थित प्रहरी पोष्टले सो भेगका क्षेत्रमा शान्ति, सुरक्षा तथा सुशासन कायम गर्ने, आपराधिक गतिविधिहरु नियन्त्रण गर्ने विश्वास लिइएको छ ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।