समाचार
सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारुको फेरी भटौँला कार्यक्रम
२०८० कार्तिक ०१ गते
रैनादेवी छहरा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यसम्पादन गरी सरुवा भई जान लाग्नुभएका श्री दिनेश सारुज्यूसँग फेरी भेटौँला कार्यक्रम गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा लेखा अधिकृत लिलामणि बश्याल, ३ नं वडाध्यक्ष (आर्थिक विकास समितिका संयोजक) श्री प्रदिप पौडेल, ४ नं वडाध्यक्ष श्री गोविन्द बहादुर रायमाझी, कार्यपालिका सदस्य श्री महेश बराल, गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख जिबन रानाले गर्नुभएको थियो ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।