FAQs Complain Problems

३ नं वडामा नागरिक आरोग्य क्लिनिक शुभारम्भ

२०७९/०६/०९, भुवनपोखरी।

आम नागरिकहरूमा सहज रूपमा आयुर्वेदिक सेवाको पहुँच पुर्‍याउन गाउँपालिकाले वडा नं ३ भुवनपोखरीमा नागरिक आरोग्य सेवा क्लिनिक (गाउँघर क्लिनिक) को सुरुवात गरेको छ। आजको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले क्लिनिकको उद्घाटन गर्नुभयो। कार्यक्रम ३ नं वडाध्यक्ष प्रदीप पौडेल को अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो। सो कार्यक्रममा ३ नं वडाका पदाधिकारिहरू तथा कर्मचारिहरुको उपस्थिति रहेको थियो।

छहरा आयुर्वेद औषधालयका प्रमुख पङ्कज रायमाझीले हरेक महिनाको ७ र २२ गतेे यस क्लिनिकबाट सेवा तथा नि:शुल्क औषधि पनि प्रदान गरिने बताउनुभयो।

अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँपालिकाको नीति तथा कार्यक्रममै गाउँपालिकाबासीहरूको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको र त्यही अनुरुप ३ नं वडामा क्लिनिकको सुरुवात गर्दै अन्य स्थानमा पनि निरन्तरता दिइने बताउनुभयो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।