FAQs Complain Problems

ग्यालरी

२०८० असोज ३ गते ।

संविधान दिवस, २०८० को अवसरमा गाउँ कार्यपालिकाको कार्यालयमा शुभकामना आदान प्रदान तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 09/21/2023 - 16:07
, , , , , , ,

२०८० असार १९ गते

रैनादेवी छहरा गाउँपालिका अन्तर्गत पर्ने छहरा-तिनगिरे सडक खण्ड तथा सुन्दरेढुङ्गा-नेपाने-जुठा सडक खण्डका विभिन्न स्थानहरूमा विगत केहि दिनको अविरल मनसुनी बर्षाका कारण पहिरो झरेर सडक अवरुद्ध भएको थियो । उक्त सडकहरू सुचारु गर्न पहिरो हटाईएको छ र सो सडकहरूको अवलोकन तथा बाटो सुचारु गर्न सहजीकरण गर्नुहुँदै अध्यक्ष श्री रुक्माङ्गत भट्टराई, उपाध्यक्ष श्री युवराज थापा, ४ नं वडाध्यक्ष श्री गोविन्द बहादुर रायमाझी, इन्जिनियर श्री किशोर खनाल ।

मिति: 07/06/2023 - 13:49
, , , , , ,

२०७९ चैत्र २२

गाउँपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई वित्तीय सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय, पाल्पाका प्रमुखज्यूले अभिमुखीकरण दिनुभएको थियो।

कार्यक्रम गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो।

मिति: 04/07/2023 - 07:03
, , , , , , , , , , , ,
मिति: 02/06/2023 - 22:27

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//