समाचार
पहिरोको कारण अवरुद्ध सडकहरू सुचारु गर्न अवलोकन
२०८० असार १९ गते
रैनादेवी छहरा गाउँपालिका अन्तर्गत पर्ने छहरा-तिनगिरे सडक खण्ड तथा सुन्दरेढुङ्गा-नेपाने-जुठा सडक खण्डका विभिन्न स्थानहरूमा विगत केहि दिनको अविरल मनसुनी बर्षाका कारण पहिरो झरेर सडक अवरुद्ध भएको थियो । उक्त सडकहरू सुचारु गर्न पहिरो हटाईएको छ र सो सडकहरूको अवलोकन तथा बाटो सुचारु गर्न सहजीकरण गर्नुहुँदै अध्यक्ष श्री रुक्माङ्गत भट्टराई, उपाध्यक्ष श्री युवराज थापा, ४ नं वडाध्यक्ष श्री गोविन्द बहादुर रायमाझी, इन्जिनियर श्री किशोर खनाल ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।