FAQs Complain Problems

एकीकृत घुम्ती सेवा सुरु

रैनादेवी छहरा गाउँपालिकाले १ नं वडामा एकीकृत घुम्ती सेवा सञ्चालन गरी पालिकास्तरीय घुमती सेवाको सुरुवात गरेको छ। यो कार्यक्रम पालिकाको ८ वटै वडामा सञ्चालन हुनेछ।
आ.व. २०७९/८० को वार्षिक बजेट कार्यान्वयन गर्न उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरूलाई मध्यनजर गर्दै उपभोक्ता समितिका पदाधिकारीहरूलाई वडास्तरमा अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाको योजना शाखा प्रमुख अंमृता पौडेल, प्राविधिक शाखा प्रमुख इन्जिनियर किशोर खनाल र आ.ले.प. हरि प्रसाद पराजुलीले भाद्र २३ गते १ नं वडा कार्यालयमा प्रशिक्षण दिनुभएको थियो।साथै वडामै डाक्टर शिशिर कुमार पटेल सहितको टोलि पुगेर स्वास्थ्य चेक जाँच तथा अपाङ्ग परिचयपत्र वितरण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गरेको छ।
कार्यक्रमको समापन समारोह वडाध्यक्ष सोम बहादुर दर्लामीको अध्यक्षता, गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष युवराज थापा र पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण हिताङ्गको विशिष्ट आतिथ्यतामा योजना अधिकृत अंमृता पौडेलले  सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा  पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण हिताङ्गले उपभोक्ता समितिका पदाधिकारीहरूलाई योजना कार्यान्वयनका क्रममा कुनै पनि प्रकृतिका समस्याहरू आए आफुले सहजीकरण गर्ने बताउनुभयो, उपाध्यक्ष युवराज थापाले उपभोक्ताहरूलाई यो कार्यक्रमले योजना कार्यान्वयनका क्रममा धेरै सहज हुने साथै वडास्तरमा कृषि क्षेत्रको विकासका लागि विभिन्न पकेट क्षेत्र निर्माण गर्दै लगिने बताउनुभयो। अध्यक्ष रुक्माङ्गत भट्टराईले सम्पूर्ण वडाबासीहरूको समस्यालाई ध्यानमा राखि उहाँहरुको सुविधाको लागि यो कार्यक्रम सञ्चालन गरिएको र योजना सम्झौता पनि वडास्तरमा नै गरिने बताउनुभयो। उहाँहरूले कार्यक्रमका सहभागीहरूहरूसँग अन्तरक्रिया पनि गर्नुभएको थियो। कार्यक्रमलाई समापन गर्दै १ नं वडा अध्यक्ष सोम बहादुर दर्लामीले वडास्तरमा प्राविधिकको व्यवस्था र यस्ता कार्यक्रमले योजना कार्यान्वयनमा सहज हुने बताउनुभयो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।