FAQs Complain Problems

कृषकहरूलाई कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न

जेठ १३, २०७९। रैनादेवी छहरा गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरूलाई कृषि सामग्री वितरण कार्यक्रम आज सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच कृषकहरूलाई प्लाष्टिक टनेल, मल्चिङ्ग प्लाष्टिक, मौरी घार लगाएतका विभिन्न कृषि सामग्रीहरू वितरण गरिएको छ। उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी, कृषि शाखाका कर्मचारीहरू लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सबैले अनुदानमा पाएका कृषि सामग्रीको सदुपयोग गरेर कृषकहरूले प्रगति गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।