FAQs Complain Problems

योजना सम्झौता गर्दा चाहिने आवश्यक कागजात केके हुन् ?

 १- योजना पुस्तिकामा आफ्नो योजनाको विवरण रहेको पेजको प्रतिलिपी

२- योजना सम्झौता गरिदिने व्यहोराको निवेदन

३- योजना सम्झौता फाराम

४- योजनाको प्राविधिक लागत अनुमान  फाराम

५- वडा कार्यालयको सिफारिस पत्र

६- प्राविधिक कर्मचारीले योजना सम्झौता पूर्व भर्ने फाराम

७- योजना सम्झौता गर्न जाने सम्बन्धी समितिको निर्णयको प्रतिलिपि

८- उपभोक्ता समिति तथा अनुगमन समिति गठनभएको भेलाको निर्णयको प्रतिलिपि

९-उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि

 

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।