समाचार
रैनादेवी छहरा गाउँपालिका, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत कृषिजन्य सामग्री वितरण
२०७८/०३/२९, छहरा
रैनादेवी छहरा गाउँपालिका, मुख्यमन्त्री ग्रमीण विकास तथा रोजगार कार्यक्रमको वार्षिक कार्यक्रम अन्तर्गत कृषिजन्य सामग्रीहरू वितरण गरिएको छ। एक समारोहका बिच गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की, उपाध्यक्ष चेत कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले कृषकहरूलाई बिउविजन, च्याउ खेतिको लागि टनेल, तरकारी खेतिको लागि टनेल, मल तथा बोएर बोका वितरण गर्नुभएको छ। कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की, उपाध्यक्ष चेत कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले कृषकहरूले प्राप्त सामग्रीहरूको सदुपयोग गरेर कृषिमा उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको सञ्चालन मुख्यमन्त्री ग्रमीण विकास तथा रोजगार कार्यक्रमकी सहजकर्ता गीता कुमारी भट्टराईले गर्नुभएको थियो र उक्त कार्यक्रममा गाउँपालिकाका प्रवक्ता विष्णु प्रसाद पोखरेल, कृष शाखा प्रमुख सुनिता पोखरेल, पशु शाखा प्रमुख पारसमणि पाण्डे लगायतको उपस्थिति रहेको थियो।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।