FAQs Complain Problems

लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

जेठ २०, छहरा। मुख्मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा लागुऔषध दुर्व्यसनि सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न सम्पन्न भएको छ। यो कार्यक्रम पालिकाका विभिन्न वडाका  ६ वटा माध्यमिक विद्यालयहरूमा सञ्चालन गरिएको थियो। यस कार्यक्रममा अध्यक्षता शारदा रायमाझी / पदम सोमैले गर्नुभएको थियो र प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमकी जिल्ला  भने प्रमुख प्रशिक्षक इलाका प्रहरी कार्यालय, मुझुङ्गका प्रमुख प्रहरी नायब निरीक्षक सोम बहादुर सारू मगर हुनुहुन्थ्यो। कार्यक्रमको सहायक प्रशिक्षण तथा सञ्चालन शिक्षा शाखाका प्रा.स. राजाराम भाटले गर्नुभएको थियो। 

कार्यक्रम २०७९ जेठ १६, १७ र १९ गते गरी तिन दिन सम्म सञ्चालन भएको थियो। कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाहरूलाई लागुऔषध तथा कुलतका बारेमा जानकारी गराउँदै सचेत गराउनु तथा सभ्य समाजको निर्माण गर्नु रहेको छ। कार्यक्रममा बालबालिकाहरुको निकै उत्साहपूर्ण उपस्थिति रहेको थियो र उनीहरूले लागुऔषध दुर्व्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।