समाचार
विशेष गाउँसभा (एघारौँ) सम्पन्न
२५ फागुन, छहरा।
रैनादेवी छहरा गाउँपालिकामा एघारौँ गाउँसभा (विशेष गाउँसभा) गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गाउँसभा सदस्यहरूले माग गरेको खण्डमा विशेष गाउँ सभा बोलाउने सकिने प्रावधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा रहेको छ।
यस कार्यक्रममा मुख्यत: आर्थिक वर्ष २०७८/०७९ मा सङ्घीय संसदको बजेटमा प्रस्तुत भए बमोजिमका तलब सुविधामा आएका मागहरूको संवोधन गर्नका लागि यस गाउँपालिका अन्तर्गत रहेको पूर्व प्राथमिक तहका शिक्षिका (इ.सि.डि. सहजकर्ता) कर्मचारी र लेखा कर्मचारीहरूको स्थानीय सरकारबाट थप गर्नु पर्ने तलब व्यवस्थापन गर्नका लागि तथा आ.व. ७७/७८ को बेरुजु फर्छ्यौटका लागि समेत यो विशेष गाउँ सभा बोलाइएको थियो। पेश गरीएका प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन्।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।