FAQs Complain Problems

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकट रोकथाम तथा नियन्त्रणका निम्ति रैनादेवी छहरा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा प्याब्सन पाल्पाको नगद रु २०,०००/- सहयोग

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकट रोकथाम तथा नियन्त्रणका निम्ति रैनादेवी छहरा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा प्याब्सन पाल्पाको तर्फबाट छहरा मोडेल स्कूल व्यवस्थापन समितिका अध्यक्ष श्री यम बहादुर बुढाथोकीले नगद रु २०,०००/- सहयोग गर्नुभएकोमा उक्त कार्यको उच्च मुल्यांकन गर्दै धन्यवाद सहित हार्दिक आभार व्यक्त गरिन्छ ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।