समाचार
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकट रोकथाम तथा नियन्त्रणका निम्ति रैनादेवी छहरा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा नेपाली कांग्रेस रैनादेवी छहराको नगद रु १,१५,०६०/- सहयोग
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकट रोकथाम तथा नियन्त्रणका निम्ति रैनादेवी छहरा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा नेपाली कांग्रेस छहरा गाउँ कार्यसमितिमा वडा न १ देखि ८ सम्मका वडा कार्य समितिबाट जम्मा गरिएको रकम नेपाली कांग्रेस रैनादेवी छहराका सभापति श्री बिष्णु प्रसाद पोखरेलद्वारा नगद रु १,१५,०६०/- सहयोग गर्नुभएकोमा उहाँको कार्यको उच्च मुल्यांकन गर्दै धन्यवाद सहित हार्दिक आभार व्यक्त गरिन्छ ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।