FAQs Complain Problems

संविधान दिवस २०७९ विविध कार्यक्रम गरी मनाइयो

२०७९ असोज ३, छहरा।

२०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको थियो। सो अवसरमा हरेक वर्ष देश भर असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ र यस वर्ष पनि यस रैनादेवी छहरा गाउँपालिकामा पनि विविध कार्यक्रम गरी दिवस मनाइएको छ। बिहान उपाध्यक्ष युवराज थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत जिबन राना, जनप्रतिनिधिहरू, विभिन्न शाखाका कर्मचारीहरूको उपस्थितिमा कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न भयो। साँझ गाउँकार्यपालिकाको कार्यालयमा दीप प्रज्जवलन गरी संविधान दिवस मनाइयो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।