FAQs Complain Problems

१६ औँ अधिवेशन प्रारम्भ

मिति २०८१ असार ०५ गते बुधवार ।

रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाको १६औँ अधिवेशन प्रारम्भ भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, वार्षिक बजेट, विनियोजन विधेयक, आर्थिक विधेयक सम्बन्धी छलफलमा केन्द्रित रहने यो वर्षे अधिवेशन बजेट अधिवेशन पनि हो ।

गाउँ सभाका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले आह्वान गर्नुभएको गाउँ सभा आज दिउँसो १ बजे गाउँपालिकाको सभाहलमा सुरु भएको थियो । अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले आज सञ्चालन भएको अधिवेशनको पहिलो बैठकमा रैनादेवी छहरा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । कुटानीपीसानी मिल तथा मिनिटिलर वितरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ तथा कृषि क्षेत्र हानिकारक वन्यजन्तु बाट जोखिम न्यूनीकरणको लागि पूर्वाधार निर्माण कार्यक्रम संचालन कार्यविधि २०८१ आर्थिक विकास समितिका संयोजक श्री प्रदिप पौडेलले र रैनादेवी छहरा गाउँपालिकाको शिक्षकको सरुवा तथा काज व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१ सामाजिक विकास समितिका संयोजक श्री हुमान सिंह कार्कीले सभा समक्ष पेस गर्नुभएको थियो ।

सभाको कार्यसूची अनुसार पेस भएका नीति तथा कार्यक्रम र कार्यविधिहरूका विषयमा छलफल हुनुका साथै समसामयिक विषयहरूमा समेत छलफल भएको थियो । सभामा छलफल पश्चात आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, कुटानीपीसानी मिल तथा मिनिटिलर वितरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१, कृषि क्षेत्र हानिकारक वन्यजन्तु बाट जोखिम न्यूनीकरणको लागि पूर्वाधार निर्माण कार्यक्रम संचालन कार्यविधि २०८१ र रैनादेवी छहरा गाउँपालिकाको शिक्षकको सरुवा तथा काज व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१ सभाबाट सर्वसहमतले स्वीकृत भएका छन् । १६औँ अधिवेशनको दोस्रो बैठक २०८१ असार १० गते दिउँसो १:०० बजे प्रारम्भ हुनेछ ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।