FAQs Complain Problems

अन्तर वडास्तरीय खेलाडी छनौट प्रतियोगिता सुरु

२०८० चैत्र १ गते ।

चौथो रैनादेवी छहरा अध्यक्ष कप २०८० को लागि गाउँपालिकाको भलिबल टोली छनौट गर्न अन्तर वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन भईरहेको छ । आज भएको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, प्रवक्ता देवेन्द्र पुन, १ नं वडाध्यक्ष सोम बहादुर दर्लामी, ३ नं वडाध्यक्ष प्रदिप पौडेल, ४ नं कार्यवाहक अध्यक्ष दान बहादुर थामी, ५ नं वडाध्यक्ष हुमान सिंह कार्की, ६ नं वडाध्यक्ष दोम बहादुर घर्ति, ८ नं वडाध्यक्ष रेम बहादुर राना, कार्यपालिका सदस्यहरू, गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष नारायण कार्की आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले दिनुभएको थियो, प्रतियोगिताको उद्घाटन अध्यक्ष रुक्माङ्गत भट्टराईले गर्नुभएको थियो र कार्यक्रम स्वास्थ्य शाखा प्रमुख जिबन रानाले सञ्चालन गर्नुभएको थियो ।  

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।