FAQs Complain Problems

आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेटको लागि सुझाव उपलब्ध गराउने सम्बन्धमा

नमस्कार,

रैनादेवी छहरा गाउँपालिकाले आ.व.०८१/०८२ को नीति तथा कार्यक्रमलाई नागरिक अपेक्षामा आधारित बनाउने प्रयास थालेको छ । यसका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला? यहाँ दिइएका शीर्षकमा न्यूनतम उपाय तथा योजनाहरूको विवरण यस प्रणालीमा आएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध छ।

सुझाव पोर्टलको लिङ्क-

https://rainadevirm.palika.site/

यसको अलाबा गाउँपालिकाको आधिकारिक मेल rainadevichhaharamun@gmail.com मार्फत, कार्यालयमा आएर तथा अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधिहरू मार्फत पनि सुझाव उपलब्ध गराउन सक्नुहुनेछ ।

धन्यवाद !

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।