FAQs Complain Problems

आ.व.२०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम पारित

२०८० असार १० गते

रैनादेवी छहरा गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक गाउँसभामा पेश भई सर्वसम्मतिले पारित भएको छ। गाउँपालिकाका उपाध्यक्ष श्री युवराज थापाले बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो।

आ.व.२०८०/८१ को लागि जम्मा बजेट रु.६५,१८,५५,०००/- (पैँसठ्ठी करोड अठार लाख पचपन्न हजार रुपैयाँ) विनियोजन गरिएको छ। जसमध्ये चालु तर्फ रु.४८,५८,०९,०००/- र पूँजिगत तर्फ रु. १६,६०,४६,०००/- रहेको छ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।