FAQs Complain Problems

आ.व. २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

२०८० असार ८ गते

रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाको १४औँ अधिवेशन प्रारम्भ भएको छ। आज सञ्चालन भएको प्रथम बैठकमा सभाका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईज्यूले आगामी आर्थिक वर्ष २०८०/२०८१ को लागि वार्षिक नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गर्नुभएको थियो।

नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मतिले पारित भएको छ र गाउँसभाको आगामी बैठक २०८० असार १० गते बिहान ११:०० बजेको लागि तय गरिएको छ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।