FAQs Complain Problems

उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत मिनी टिलर र कम्बाइन्ड मिल मर्मत तालिम सम्पन्न

२०८० चैत्र २५ गते आइतबार ।

उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत १ महिने मिनी टिलर र कम्बाइन्ड मिल मर्मत कार्यक्रम आइतबार अमलाबासको सभाहलमा समापन गरिएको छ । एक समारोहका बीच गाउँपालिका उपाध्यक्ष युवराज थापाको अध्यक्षता, गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बश्याल, आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेल, १ नं वडाध्यक्ष सोम बहादुर दर्लामीको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कृषि शाखा प्रमुख सिर्जना थापाले दिनुभएको थियो र सञ्चालन ना.प्रा.स. गणेश खत्रीले गर्नुभएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि रुक्माङ्गत भट्टराई, कार्यक्रमका अध्यक्ष युवराज थापा लगायतले प्रमाण पत्र तथा मर्मत गर्न आवश्यक पर्ने मेशिनरी टुल सेट पनि प्रदान  गरिएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।