FAQs Complain Problems

उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत हाते ट्याक्टर तथा कुटानी पिसानी मिल मर्मत सम्बन्धी १ महिने तालिम सञ्चालन

२०८० फागुन २० गते

ने.स. ११४४ सिल्लागा, ८ आइतवार

रैनादेवी छहरा गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत हाते ट्याक्टर तथा कुटानी पिसानी मिल मर्मत सम्बन्धी १ महिने तालिम सञ्चालन भइरहेको छ । तालिमको उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष युवराज थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, ३ नं वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेल, ५ नं वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक हुमान सिंह, कार्यपालिका सदस्य तथा वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक महेश बराल, कार्यपालिका सदस्य गिता रानाको आतिथ्यतामा सञ्चालन भएको थियो ।

उद्घाटन कार्यक्रम कृषि विकास शाखाका ना.प्रा.स. गणेश खत्रीले संचालन गर्नुभएको थियो र  स्वागत मन्तब्य पशु सेवा शाखाका ना.प.स्वा.प्रा. पारसमणि पाण्डेले दिनुभएको थियो । १ महिने तालिममा सहभागी २० जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षकद्वय चुरा बहादुर थापा र रमेश खत्रीले प्रशिक्षण दिनुहुनेछ ।

 

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।