FAQs Complain Problems

कुरिलो खेती नर्सरी उत्पादन सम्बन्धि एक दिने तालिम सम्पन्न

रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा आज मिति २०७६।१०।२९ गतेका दिन कृषकहरुलाई कुरिलो खेतीको बारेमा ज्ञान तथा सीप सिकाउन कुरिलो खेती नर्सरी उत्पादन सम्बन्धि एक दिने तालिम रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष श्री राम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा गाउँ कार्यपालिकाका प्रमुख कार्यकारी अधिकृत श्री खेत बहादुर खत्री, गाउँपालिकाका प्रवक्ता श्री विष्णु प्रसाद पोखरेल लगायतको उपस्थिति थियो । 
करिब ३२ जना कृषकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा जिवराज घिमिरे र लुमकला घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।