FAQs Complain Problems

कृषकहरूलाई ५०% अनुदानमा(५०% कृषकले ब्यहोर्ने गरी) कृषि सामग्री वितरण

२०८०/०३/०४ गते सोमबार

रैनादेवी छहरा गाउँपालिकाका कृषकहरूलाई ५०% अनुदानमा(५०% कृषकले ब्यहोर्ने गरी) कृषि सामग्री वितरण गरिएको छ। आज गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मिनी टिलर(हाते ट्रयाक्टर), कुटानी पिसानी मिल वितरण गरिएको छ।

वितरण कार्यक्रममा उपाध्यक्ष श्री युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु, प्रवक्ता श्री देवेन्द्र पुन, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु, आर्थिक विकास समितिका संयोजक श्री प्रदिप पौडेल, अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले आफ्ना भनाई राख्नुभएको थियो र सञ्चालन कृषि शाखा प्रमुख श्री सुनिता पोखरेलले गर्नुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।