समाचार
क्षमता अभिवृद्धि तालिम
२०८०/०९/१७
रैनादेवी छहरा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूको लागि २ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको छ । पुष १६ गतेको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईज्कोयू अध्यक्षता र संविधान, कानून र प्रशासनविद् नेपाल सरकारका पूर्व सचिव, उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष श्री काशिराज दाहालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
क्षमता अभिवृद्धि तालिममा उपाध्यक्ष श्री युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद तिमिल्सिना, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू, वडा सचिव तथा वडा कार्यालयमा कार्यरत कार्यालय सहायकहरूको उपस्थिति रहेको थियो ।
तालिममा मुख्य प्रशिक्षक श्री काशिराज दाहालज्यूले जनप्रतिनिधि र कर्मचारीहरूका काम, कर्तव्य र अधिकार, कानून निर्माण, प्रशासनिक, न्यायिक समितिको काम, कर्तव्य र अधिकार तथा सभा, बैठक सञ्चालन लगायतका विषयहरूमा प्रशिक्षण दिनुभएको थियो । वडा कार्यालयका सचिव तथा कार्यालय सहायकहरूलाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्री यज्ञश्वर पन्थी, मालपोत अधिकृत श्री दुर्गा प्रसाद खनाल, सैनामैना नगरपालिकाका सूचना अधिकारी श्री केशवराज अर्याल र मुख्य प्रशिक्षक श्री काशिराज दाहालले घटना दर्ता तथा अन्य विषयहरूमा प्रशिक्षण दिनुभएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक श्री शशिन्द्र खातिले वित्तीय सुशासन, बजेट निर्माण प्रकिया, राजस्व सङ्कलन लगायतका विषयमा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई प्रशिक्षण गर्नुभएको थियो ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।