FAQs Complain Problems

खेल शिक्षकहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८१ जेठ १० गते

रैनादेवी छहरा गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम "उपाध्यक्षसँग यसवा कार्यक्रम" अन्तर्गत गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयका खेल शिक्षकहरूको लागि ३ दिने आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मिति: २०८१ जेठ ७ गते देखि ९ गते सम्म सञ्चालित कार्यक्रममा २८ वटा विद्यालयका खेल शिक्षकहरूको सहभागीता रहेको थियो । सहभागी शिक्षकहरूलाई एथ्लेटिक्स, भलिबल, कबड्डी खेलहरूका आवश्यक सैद्धान्तिक र व्यवहारिक पक्षहरूमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमको समापन सत्र गाउँपालिकाका उपाध्यक्ष युवराज थापाको अध्यक्षता र अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।