FAQs Complain Problems

गाउँपालिकाको कार्यालय परिसर तथा रैनादेवी मन्दिर परिसर, गोखुङ्गामा वृक्षारोपण

२०८० असार ३१ गते ।

रैनादेवी छहरा गाउँपालिकाको कार्यालय परिसर तथा रैनादेवी मन्दिर परिसर, गोखुङ्गामा वृक्षारोपण गरिएको छ । अध्यक्ष श्री रुक्माङ्गत भट्टराई, प्रवक्ता श्री देवेन्द्र पुन तथा कार्यालयका कर्मचारीहरूले कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको थियो ।

अध्यक्ष रुक्माङ्गत भट्टराई, ३ नं वडाध्यक्ष श्री प्रदिप पौडेल, वन अधिकृत श्री सुरुची भट्टराई, समाजसेवी, स्थानीयको सक्रियतामा रैनादेवी मन्दिर परिसरमा कपुर, अमला, तेजपात, धुपि, बर्रो लगायतका विरुवाहरू रोपण गरिएको छ ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।