FAQs Complain Problems

गाउँ विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

मिति २०८०/०३/२० 

गाउँ विपद् व्यवस्थापन समितिको बैठक गाउँपालिका अध्यक्ष तथा गाउँ विपद् व्यवस्थापन समितिका संयोजक श्री रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजकहरू, वडाध्यक्षहरू, सामाजिक विकास शाखाका प्रमुख, भौतिक पूर्वाधार शाखाका प्रमुख, कार्यपालिका सदस्यहरू, इलाका प्रहरी कार्यालय मुझुङ्गका प्रमुख, राजनीतिक दलका गाउँपालिकास्तरीय प्रमुख/प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिध, पत्रकार महासंघका प्रतिनिधको उपस्थिति रहेको थियो । 

बैठकमा समितिका सदस्य सचिव श्री जिबन रानाले समितिका काम, कर्तव्य र अधिकारका बारेमा उपस्थित सदस्यहरूलाई जानकारी गराउनुभएको थियो । राजनीतिक दलका प्रमुख/प्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिध, प्रहरी कार्यालय प्रमुखले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र विपद् पछिको उद्धार कार्य कसरी प्रभावकारी तरिकाले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सुझावहरू दिनुभएको थियो । 

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।