समाचार
गाउँ सभाको १६औँ अधिवेशन विधिवत रूपमा समापन
२०८१ असार १० गते सोमबार ।
रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाको १६औँ अधिवेशन विधिवत रूपमा समापन भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, वार्षिक बजेट, विनियोजन विधेयक, आर्थिक विधेयक सम्बन्धी छलफलमा केन्द्रित रही यो वर्षे अधिवेशन समापन भएको हो ।
गाउँ सभाका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले आह्वान गर्नुभएको गाउँ सभाको दोस्रो बैठक आज दिउँसो गाउँपालिकाको सभाहलमा सुरु भएको थियो । उपाध्यक्ष श्री युवराज थापाले आज सञ्चालन भएको अधिवेशनको दोस्रो बैठकमा रैनादेवी छहरा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयक, विनियोजन विधेयक तथा वार्षिक बजेट, न्यायिक समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुभएको थियो ।
सभाको कार्यसूची अनुसार पेस भएका आर्थिक विधेयक, विनियोजन विधेयक तथा वार्षिक बजेटका विषयमा छलफल हुनुका साथै न्यायिक समितिको वार्षिक प्रतिवेदन समेत छलफल भएको थियो । सभामा छलफल पश्चात आगामी आर्थिक वर्षको आर्थिक विधेयक, विनियोजन विधेयक तथा वार्षिक बजेट सभाबाट सर्वसम्मतले स्वीकृत भएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को बजेट विवरण:
चालु तर्फ: ५० करोड ४५ लाख ९४ हजार ३ सय १० रुपैयाँ मात्र
पुँजीगत तर्फ: २२ करोड ७२ लाख ३ हजार रुपैयाँ मात्र
कुल बजेट: ७३ करोड १७ लाख ९७ हजार ३ सय १० रुपैयाँ मात्र
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।