FAQs Complain Problems

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता, २०७९ आज सम्पन्न

२६ माघ २०७९,

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता, २०७९ आज सम्पन्न भएको छ। विभिन्न १२ विधामा खेलहरू सञ्चालन गरिएकोमा १० स्वर्ण पदक सहित कुल जम्मा ३६ अङ्क प्राप्त गरेर भैरव नवदीप मा.वि. प्रथम, वेदवेदाङ्ग संस्कृत तथा साधारण मा.वि. ५ स्वर्ण सहित जम्मा २७ जम्मा अङ्क प्राप्त गरेर द्वितीय र महाकाली मा.वि.ले ३ स्वर्ण सहित २१ जम्मा अङ्क प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

यस प्रतियोगितामा छनौट भएका खेलाडीहरू रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधित्व गर्दै पाल्पा जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन्। विजेता खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, शिक्षा समिति सदस्य नल बहादुर राना र कार्यपालिका सदस्य महेश बरालले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले सहभागी सम्पूर्ण विद्यालय तथा खेलाडीहरूलाई धन्यवाद दिँदै छनौट भएका खेलाडिहरूलाई जिल्लास्तरिय प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।