FAQs Complain Problems

दुई दिने विपद् जोखिम न्यूनीकरणको स्थानीयकरण सम्बन्धी तालिम

नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तर्राष्ट्रिय सहायता नियोग(USAID/BHA) को सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय आप्रबासन सङ्गठन मार्फत नेपाल गाउँपालिका महासङ्घ सँगको सहकार्यमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, लुथरन वर्ल्ड फेडेरेसन र प्राक्टिकल एक्सन् कन्सल्टेन्टले दुई दिने विपद् जोखिम न्यूनीकरणको स्थानीयकरण सम्बन्धी सञ्चालन गरेको छ। साउन २२ र २३ गते सञचालन हुने तालिममा गाउँकार्यपालिका सदस्यहरू, कर्मचारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको छ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।