FAQs Complain Problems

"नाइट ल्याण्डिङ्ग हेलिप्याड" गाउँपालिकालाई हस्तान्तरण

२०८० असार २७ गते ।

रैनादेवी छहरा गाउँपालिकाको ४ नं वडामा रहेको तिलकथान पार्कमा नेपाली सेना, दि फेमस महिन्द्र दल गणद्वारा निर्माण गरिएको "नाइट ल्याण्डिङ्ग हेलिप्याड" श्री मध्य पश्चिम पृतना हेडक्‍वाटरका पृतनापति उपरथी श्री याम प्रसाद ढकालज्यूबाट गाउँपालिकाका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईज्यूलाई हस्तान्तरण कार्य सम्पन्न भएको छ ।

हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष श्री युवराज थापा, सहायक प्रमुख जिल्ला अधिकारी श्री भक्तिसरा राना, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु, २ नं वडाध्यक्ष श्री दान बहादुर पौडेल, ३ नं वडाध्यक्ष श्री प्रदिप पौडेल ४ नं वडाध्यक्ष श्री गोविन्द बहादुर रायमाझी, ५ नं वडाध्यक्ष श्री हुमान सिंह कार्की, वडा सदस्यहरू, सामुदायिक वनका प्रतिनिधि, समाजसेवी लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

हेलिप्याड हस्तान्तरण पश्चात गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईज्यूले श्री दि फेमस महिन्द्र दल गणका प्रमुख श्री बाल मुकुन्द विष्टज्यूलाई गाउँपालिकाको तर्फबाट कदर-पत्र प्रदान गर्नुभएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।