FAQs Complain Problems

निबन्ध लेखन प्रतियोगिता सम्पन्न

२०८० भाद्र २९ गते ।

५९औँ बाल दिवसको अवसरमा आयोजित माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगिता तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, नि. प्रमुख प्रशासकीय अधिकृत लिलामणि बश्याल, शिक्षा अधिकृत निशा पाण्डेको आतिथ्यतामा सञ्चालन भएको थियो । प्रतियोगितामा निर्णायकको भूमिकामा दयाराज कडेँल र गुणवती के.सी. रहनुभएको थियो ।

निबन्ध लेखन प्रतियोगितामा गौरादेवी मा.वि.का छात्र साजन रास्कोटीले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ र भैरव नवदीप मा.वि.का छात्र विशाल टण्डनले द्वितीय, रैनादेवी मा.वि.की छात्रा आयुष्मा श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार रु. ५,०००/-, रु.३,०००/- र रु.२,०००/- प्रदान गरिएको थियो ।

कार्यक्रममा एस.ई.ई. परीक्षा तथा कक्षा १२ को परीक्षामा गाउँपालिकाबाट उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।