FAQs Complain Problems

न्यायिक समितिको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

२०८०/०२/२६ गते

रैनादेवी छहरा गाउँपालिकाका न्यायिक समितिका पदाधिकारीहरू, मेलमिलापकर्ताहरू तथा वडा कार्यालयका कर्मचारीहरूको लागि समृद्धिका लागि वन परियोजना अन्तर्गत न्यायिक समितिको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन भएको छ।

कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष श्री युवराज थापाको अध्यक्षता, अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, जिल्ला अदालत पाल्पाका न्यायाधिश श्रीमान् कमल राज बिष्टको विशिष्ट आतिथ्यतामा सञ्चालन भएको छ। उक्त कार्यक्रममा जिल्ला अदालत पाल्पाका श्रेष्तेदार श्री दुर्गा प्रसाद बस्याल, गाउँपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक श्री महेश बराल, सहायक वन अधिकृत श्री उपेन्द्र अर्याल अतिथि रहनुभएको थियो।

क्षमता अभिवृद्धि कार्यक्रममा जिल्ला अदालत पाल्पाका न्यायाधिश श्रीमान् कमल राज बिष्ट, श्रेष्तेदार श्री दुर्गा प्रसाद बस्याल र सहायक वन अधिकृत श्री उपेन्द्र अर्यालले प्रशिक्षण दिनुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।