FAQs Complain Problems

पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सरु

२०८०/१०/०८ गते सोमबार

रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा सञ्चालन हुने पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज एक कार्यक्रमका बिच शुभारम्भ भएको छ । आज भएको उद्घाटन कार्यक्रम युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, उपाध्यक्ष युवराज थापा,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको विशिष्ट आतिथ्यता, गाउँपालिकाका वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको आतिथ्यतामा सम्पन्न भएको छ ।

रैनादेवी छहरा – ५ को कटौजेपानी खेल मैदानमा सञ्चालन हुने ३ दिन सम्म चल्ने प्रतियोगितामा गाउँपालिकाका विद्यालयहरूले भलिबल, कबड्डी, एथ्लेटिक्स, सट पुट लगायतका खेलहरुमा सहभागीता जनाइरहेका छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुले रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधितत्व गर्दै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।