FAQs Complain Problems

प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ (VIA) परिक्षण र इम्प्लान्ट सेवा सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन

२२ माघ २०७९।

८ नं वडा, सत्यवतीमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ (VIA) परिक्षण र इम्प्लान्ट सेवा सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ। ६, ७ र ८ नं वडाका बासिन्दाहरूलाई लक्षित गरी माघ २५ गते सञ्चालन हुन गईरहेको परिवार नियोजन शिविर तथा VIA जाँच सम्बन्धी शिविरको तयारीका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले कार्यक्रम उद्घाटन गर्नुभएको थियो। कार्यक्रम ८ नं वडाध्यक्ष रेम बहादुर रानाको अध्यक्षता, प्रवक्ता देवेन्द्र पुनको विशिष्ट आतिथ्यता, कार्यपालिका सदस्यद्वय कविता खनाल र सुकमाया वि.क., वडा सदस्यहरू, स्वास्थ्य शाखा प्रमुख जिबन राना लगायतको उपस्थितिमा सञ्चालन भएको थियो।

कार्यक्रममा मेडिकल अधिकृत डा. शिशिर कुमार पटेलले अभिमुखिकरण प्रदान गर्नुभएको थियो र कार्यक्रम सञ्चालन सत्यवती स्वास्थ्य चौकी प्रमुख मनोज रानाले गर्नुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।