FAQs Complain Problems

"महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर" सञ्चालन

२०७९ चैत्र २३ गते

स्वास्थ्य कार्यालय, पाल्पाको आयोजना तथा रैनादेवी छहरा गाउँपालिकाको समन्वयमा ३ नं वडा भुवनपोखरीमा "महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर" सञ्चालन भएको छ।

शिविरमा ३ नं वडाका महिलाहरूलाई लक्षित गरी महिलाहरूको प्रजनन् अङ्गमा हुने क्यानसर हुनु अगावैको अवस्था परीक्षण, पाठेघर खस्ने तथा फिस्टुला परीक्षण, यौन रोगको परीक्षण पहिचान, परिवार योजना परामर्श आदि सेवाहरू प्रदान गरिएको थियो।

शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले गर्नुभएको थियो। सो कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीको अध्यक्षता, ३ नं वडाध्यक्ष प्रदिप पौडेल, स्वास्थ्य शाखा प्रमुख जिबन राना लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।