FAQs Complain Problems

महिला आय–आर्जन तथा सीप वृद्वि कार्यक्रम सम्पन्न ।

रैनादेवी–छहरा गाउँपालिकाले आयोजना गरेको महिला आय आर्जन तथा सीप वृद्वि कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका महिलाहरुलाई विभिन्न सीप विकासका तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरीएको थियो । मिति २०७६।१०।१२ गते सुरु भई २०७६।१०।२२ गते समापन भएको उक्त कार्यक्रमको समापन समारोहमा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की, उपाध्यक्ष चेत कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत खेत बहादुर खत्री लगायतको उपस्थिति थियो । कार्यक्रम अवधिभर राधिका खनालले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।  

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।