FAQs Complain Problems

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत पोतेमाला जन्य वस्तु उत्पादन सम्बन्धी ५ दिने तालिम सम्पन्न

रैनादेवी छहरा गाउँपालिका मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत ५ दिने पोतेमाला जन्य वस्तु उत्पादन सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ। २०७८/०३/२२ गते समापन भएको तालिममा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की, उपाध्यक्ष चेत कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्री, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिस समिति सदस्य राम बहादुर राउत लगायतको उपस्थितिको रहेको थियो। तालिममा सहभागी महिलाहरूलाई प्रशिक्षक सीता मल्लले प्रशिक्षण दिनुभएको थियो र उक्त समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की, उपाध्यक्ष चेत कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्री, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिस समिति सदस्य राम बहादुर राउत लगायतले सहभागीहरूलाई सिकेको सीपको सदुपयोग गरेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।